हेटौंडा – नेपाली कांग्रेस मकवानपुरले कांग्रेसबाट मकवानपुर जिल्लामा निर्वाचित जनप्रतिनिधिहरुसंग शनिबार छलफल गरेको छ । कांग्रेसबाट मकवानपुर जिल्ला स्थानीय निकायमा निर्वाचित नगरपालिका र गाउँपालिकाका प्रमूख/प्रमूख तथा वडा अध्यक्षहरुसंग जिल्ला पार्टी कार्यालयमा भएको छलफलमा अहिले स्थानीय निकायमा वडा अध्यक्षहरुले भोग्नुपरेको समस्या तथा कांग्रेसको आसन्न १४ औं महाधिबेशनको बारेमा वडा अध्यक्ष तथा प्रमूख उपप्रमूखहरुले आ–आफ्नो धारणा राखेका थिए ।
नेपाली कांग्रेसबाट मकवानपुर जिल्लाको स्थानीय निकायहरुमा निर्वाचित जनप्रतिनिधिहरु ३१ वडा अध्यक्ष र ४ जना प्रमूख/उपप्रमूख रहेका छन् । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा भएको कार्यक्रममा पार्टी सचिवद्वय बुद्ध लामा र आनन्द कठायत, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, संघीय सभापतिद्वय दामोदर खनाल र यतिराज सापकोटा, नगर सभापति आनन्दराम पराजुलीलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।