टेस्टको विश्व च्याम्पियनसिपमा गरेको प्रदर्शनका आधारमा क्रिकेट सम्बन्धी वेबसाइट क्रिक इन्फोले उत्कृष्ट टिम घोषणा गरेको छ । टिममा न्युजिल्याण्ड, भारत र अष्ट्रेलियाबाट तीनरतीन जना तथा श्रीलंका र इंग्ल्याण्डबाट एकरएक जना परेका छन् ।
टोलीमा च्याम्पियन बनेको न्युजिल्याण्डका केन विलिम्यसन, टिम साउथी र केल ज्यामिसन परेका छन् । यस्तै भारतका रोहित शर्मा, रविचन्द्रन आश्विन र ऋषव पन्त तथा अष्ट्रेलियाका मार्नुस लावुसेन, स्टेभिन स्मिथ र प्याट कमिन्स समावेश छन् । यस्तै श्रीलंकाका दिमुथ करुणारत्ने र इंग्ल्याण्डका बेन स्टोक पनि क्रिकइन्फोको उत्कृष्ट टिममा रहेका छन् । भारतलाई हराउँदै विश्व टेस्ट च्याम्पियनसिपको उपाधि न्युजिल्याण्डले जितेको छ । दुई वर्षसम्म खेलाडीले गरेको प्रदर्शनलाई आधार मानेर क्रिक इन्फोले उत्कृष्ट टिमको घोषणा गरेको हो ।