प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका १९ वटा रिटहरूको आजबाट सुनुवाइ हुँदै छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई बहुमत सांसदको समर्थन हुँदाहुँदै राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त नगरी प्रतिनिधिसभा विघटन गरिएको भन्दै परेको रिटमाथि सर्वोच्वले आजदेखि सुनुवाइ सुरु गर्ने भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदमविरुद्ध सर्वोच्च अदालतमा परेका कुल ३० रिट मध्ये आन्तरिम आदेश माग्दै परेका १९ रिटहरु एकै प्रकारका रहेकाले ती सवै रिटहरुलाई एकै ठाँउ राखेर सुनुवाई गर्न लागिएको सर्वोच्चले जनाएको छ । संवैधानिक बेन्चमा सुनुवाइको माग गरिएका बाँकी ११ रिटको सुनुवाइ भोली शुक्रबार हुने छ ।सरकारको सिफारिसमा जेठ ७ गते मध्यराति राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्नुभएपछि त्यसविरुद्ध सर्वोच्चमा रिट परेको हो । रिटमा प्रतिनिधिसभा पुनःस्थापना गरी नेपालको संविधानको धारा ७६ ९५० बमोजिम देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गरिएको छ । बाँकी रिट निवेदकले चाहिँ प्रतिनिधिसभा विघटन गर्नु असंवैधानिक भएकाले पुनःस्थापनाको माग गरेका छन् । प्रतिनिधि सभा पुनर्स्थापना भए पनि प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई नै निरन्तरता दिनुपर्ने मागसहित ४ रिट परेका छन्।