थाहा नगर– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) थाहानगर कमिटिको अध्यक्षमा अच्युतम प्रसाद ढकाल चयन हुनुभएको छ। थाहानगरको पालुङ जेसीज सभाहलमा भएको विस्तरित भेलाले नगर कमिटिको अध्यक्षमा ढकाल र सचिवमा कुमार नेगीलाई चयन गरेको छ ।
बागमती प्रदेशका मुख्य मन्त्री डोरमणी पोडेलको प्रमुख आतिथ्यमा भएको भेलाले यसअघिका नेकपा थाहा नगर कमिटिका अध्यक्ष अरुण रायमाझी र सचिव सानुकाजी गोपालीलाई पदमुक्त गरेको छ । भेलाले नयाँ नगर सदस्यहरु समेत थप गरेको छ । यस्तै भेलामा नेपाली काङ्ग्रेस र अन्य पार्टी परित्याग गरि करिब १०० जना युवाहरु नेकपामा प्रवेश गरेका छन । नवप्रवेशी युवाहरुलाई कार्यक्रमका प्रमुख अतिथी मुख्यमन्त्री डोरमणी पौडेलले टीका र खादा लगाएर स्वागत गर्नुभएको थियो ।