सनराइजर्स हैदरवादका लागि पहिलो खेल्ने क्रममा घाइते भएका अष्ट्रेलियन अलराउण्डर मिचेल मार्स इन्डियन प्रिमियर लिग आईपीएलबाट बाहिरिएका छन् ।
कम्मरको चोटका कारण उनले सिजनको बाँकी खेल गुमाउने भएका हुन् । रोयल च्यालेन्जर्स बैंगलोरविरुद्धको खेलमा चोटका कारण मार्सले पूरा स्पेल बलिङ गर्न सकेका थिएनन् । ब्याटिङमा जबर्जस्ती गएका मार्स पहिलो बलमै आउट भएका थिए ।सनराइजर्स हैदरावादले मार्सले अब आईपीएल गुमाउने जानकारी गराउँदै उनको स्थानमा वेष्ट इन्डिजका अलराउण्डर तथा टेष्ट टिमका कप्तान ज्यासन होल्डरलाई भित्र्याइएको जनाएको छ ।