हेटौंडा– मकवानपुर बहुमुखी क्याम्पस प्रमुख डा. शंकरप्रसाद उपाध्यायलाई कोरोना पुष्टि भएको छ । उहाँले आफुलाई कोरोना पुष्टि भएको सामाजिक सञ्जाल फेसबुक मार्फत शुक्रबार साँझ जानकारी दिनुभएकाे हो । उहाँले आफ्नो स्वास्थ्य ठिक रहेको र आइसोलेसनमा रहेको बताउनुभएको छ । साथै आफ्नो सम्पर्कमा आएकाहरूलाई कन्ट्याक्ट ट्रेसिङको प्रक्रियामा जान सुझाव उहाँले दिनुभएको छ ।
त्यस्तै नेपाली कांग्रेस हेटौंडा नगर सभापति आनन्दराम पराजुलीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । उहाँले पनि शुक्रबार साँझ सामाजिक सञ्जाल मार्फत आफुलाई कोरोना पुष्टि भएको जानकारी दिनुभएको छ । उहाँले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताउनुभएको छ ।