बुधबार बिदेशबाट नेपाल फर्किएका मकवानपुरका थप १४ जना जिल्ला आउँदैछन् । विभिन्न देशबाट नेपाल आईपुगेका उनिहरुलाई नेपाली सेनाले मकवानपुर ल्याईपु¥याउने छ । यस अघि हिजो राती १३ जना आएको र आज थप १४ जना आउन लाग्नुभएको हो ।
नेपाली सेनाले उनिहरुलाई जिल्ला समन्व्य समितिद्धारा संचालित होल्डिङ स्टेसनमा ल्याउने होल्डिङ स्टेसनका फोकल पर्सन आशाकाजी श्रेष्ठले जानकारी दिनुभयो । हिजो आईपुगेकाहरु सम्बन्धीत स्थानीय तहहरुलाई जिम्मा लगाइएको उहाँले जानकारी दिनुभयो । हिजो आउनेहरु राती करीब १ बजे हेटौंडा आईपुगेको र आज आउनेहरु समेत सोहि समयमा आईपुग्ने श्रेष्ठले जानकारी दिनुभयो ।











