file photo

हेटौंडा । नेकपा एमालेले एजेन्डा राखेर सर्वदलीय बैठक बोलाउने अधिकार राष्ट्रपतिलाई नभएको बताएको छ । एमालेका सचेतक महेश बर्तौलाले राष्ट्रपतिले एजेन्डा राखेर सर्वदलीय बैठक बोलाउन नमिल्ने भन्दै एमाले बैठकमा सहभागी नहुनुको कारण समेत यही भएको बताएका हुन् ।
एजेन्डा राखेर सर्वदलीय बैठक भनेर बोलाउने अधिकार राष्ट्रपतिलाई छैन‚ बर्तौलाले भने, राष्ट्रपतिको सल्लाहकार भनेको प्रधानमन्त्री र सरकार हो । सरकारले मैले सकिनँ‚ गरिदिनुपर्‍यो भनेको जस्तो पनि लाग्दैन । सरकार र प्रधानमन्त्री स्वयं रात-बिहान प्रमुख प्रतिपक्षी दलले संसद्‌मा उठाएको मागको विषयमा छलफल र बैठकमा हुनुहुन्छ ।’ बर्तौलाले एमाले शितल निवासको बैठकमा सहभागी नहुनुको कारण खुलाउँदै भने‚ ‘सरकारको काम राष्ट्रपतिले गर्ने होइन । सहमतिको प्रक्रियाबाट छलफल अघि बढिरहे पनि त्यसलाई समानान्तर रुपमा अघि बढाएर ओभरल्यापिङ गर्न नहुने उनले बताए ।