हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ का बिभीन्न टोलहरुमा आज नेकपा एमालेका उम्मेदवारहरुले घरदैलो कार्यक्रम गरेका छन् । मकवानपुर प्रतिनिधीसभा क्षेत्र नम्बर–१ का उम्मेदवार कमल थापा र क्षेत्र नम्बर–१ को (ख) का उम्मेदवार एकालाल श्रेष्ठले घरदैलो कार्यक्रम गरेका छन् ।

This image has an empty alt attribute; its file name is 22-4.jpg

कार्यक्रममा उम्मेदवारहरुले हेटौंडा उपमहानगरपालिकाको सबै भन्दा उत्कृष्ट वडा ४ नम्बर रहेको र अझै यस वडामा केही सडकहरु कच्ची रहेकाले पाँच वर्ष भित्रमा सबैतिर पक्की सडक निर्माणको काम सक्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

This image has an empty alt attribute; its file name is 315151778_789372352140312_4387255508992874438_n.jpg

यस क्षेत्रमा परेका हरेक समस्या समाधान गर्न आफुहरु लागिपर्ने वताएका छन् । उम्मेदवारहरुले हेटौंडा–४ को हुप्रचौर, कर्रा, गर्दोइ लगायतका क्षेत्रको घरदैलो तथा भेटघाट कार्यक्रम गरिएको हो । घरदैलो अभियानमा नेकपा एमालेकी केन्द्रीय सदस्य तथा बागमती प्रदेशकी समानुपातिक उम्मेदवार भारती पाठक लगायतकाको सहभागिता रहेको थियो ।