file photo

मकवानपुर प्रहरीले हेटौँडाको बुद्धचोकबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । प्रहरीले शुक्रवार हेटौँडा उपमहानगरपालिका १० बुद्धचोकबाट तीन सय पाँच किलाे गाँजा बरामद गरेको हो ।
थानाभर्‍याङबाट बुद्धचोक आउँदै गरेको ना ८ ख १७३८ नम्बरको टिपरबाट १२ बोरा अर्थात् तीन सय पाँच किलो गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर कार्कीले जानकारी दिनुभयाे । शङ्का लागेर जाँच गर्दा टिपरको पछाडि रातो त्रिपालले छोपेको अवस्थामा गाँजा बरामद भएको हाे । टिपरका चालक (गाँजा ओसारपसारमा संलग्न) भने फरार रहेका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । बरामद गरिएको तीन क्विनटल गाँजा र टिपरलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेकाे छ ।