मकवानपुर – अपांङ्ग स्वाबलम्बन जीवन पद्धति केन्द्र मकवानपुरले जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानलाई ज्ञापनपत्र बुझाएको छ । बुधबार कार्यालयमा एक कार्यक्रमको आयोजना गर्दै केन्द्रले सबै प्रकार र सबै तहका अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चिताको माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।
केन्द्रले बागमती प्रदेशमा बसोबास गर्ने सबै प्रकारका र सबै तहका अपाङ्गता भएका व्यक्तिहरुले तीनै तहको सरकारबाट एकिकृत रुपमा सबै प्रकारका सेवा सुबिधा प्राप्त गर्नुपर्ने माग गरेको छ । यस्तै केन्द्रले ज्ञापन पत्र माफर्त अपाङ्गता भएका व्यत्तिले पूर्ण मानव अधिकारका साथ स्वाबलम्बन जीवनयापन गर्न पाउनु पर्ने गरि तीनै तहको सरकारललाई आवश्यक कार्य गर्न र गराउन समेत माग गरेको छ । यस्तै केन्द्रले जिल्ला समन्वय मकवानपुरको कार्यालयलाई पनि अपाङ्ग मैत्री बनाउन आवश्यक पहल गर्न प्रमुख घलानलाई आग्रह गरेको छ ।
ज्ञापन पत्र बुझ्दै प्रमुख घलानले कानुनको अधिनमा रहेर मागको सम्बोधन गर्न र गराउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । कार्यक्रममा जिल्ला समन्वय मकवानपुरका उप–प्रमुख सानुकाजी लुँईटेल, जिसस सदस्यहरु बिरेन्द्रकुमार लामा, सुमित्रा थिङ, सुनिता दर्नाल, अपांङ्ग स्वाबलम्बन जीवन पद्धती केद्र मकवानपुरका अध्यक्ष दिल बहादुर स्याङ्बो, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेशकी सीता मल्ल, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल हेटौंडाका सुरेन्द्र तिमल्सिना, अपाङ्ग सरोकार केन्द्र मकवानपुरकी सानु स्याङतान लगायतको उपस्थिती रहेको थियो ।