मकवानपुर – चलचित्र पत्रकार संघ मकवानपुरले आइतबार पत्रकार तथा कलाकर्मीलाई गरी ७ जनालाई एकसाथ सम्मान गरेको छ । संघले आईतबार आज हेटौंडामा एक कार्यक्रमको आयोजना गरेर चार जना पत्रकार र तीन जना कलाकर्मीलाई नगदसहित सम्मान गरेको हो ।
संघले हरेक वर्ष जेठ ७ गते चलचित्र पत्रकारिता दिवसमा गर्ने सम्मान कार्यक्रम स्थानीय तह निर्वाचनका कारण यो वर्ष ढिला भएको हो । संघले राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार–२०७७ बाट विदुर गिरी, चलचित्र पत्रकारिता पुरस्कार–२०७७ बाट पत्रकार महासंघ मकवानपुरका पुर्व अध्यक्ष राममणि दाहाललाई सम्मान गरेको छ । गिरीलाई १० हजार र दाहाललाई पाँच हजार नगद राशीसहित सम्मान गरिएको हो ।
यस्तै चलचित्र कलाकर्मी सम्मान–२०७७ बाट प्रेम भोम्जन (पुष्कर लामा), चलचित्र पत्रकारिता पुरस्कार–२०७८ बाट नयाँ पत्रिका दैनिकका ब्युरो प्रमुख दीपक अधिकारी, चलचित्र कलाकर्मी सम्मान–२०७८ बाट अभिनेता राज कटुवाल, चलचित्र पत्रकारिता पुरस्कार–२०७९ बाट दीपज्योति थापा र चलचित्र कलाकर्मी सम्मान–२०७९ बाट चलचित्र लेखक तथा निर्देशक शिवम अधिकारीलाई सम्मान गरेको छ । उहाँहरुलाई नगद ५÷५ हजार राशीसहित सम्मान गरिएको हो ।
चलचित्र पत्रकार संघ मकवानपुरका अध्यक्ष कपिल खड्काको सभाध्यक्षमा भएको कार्यक्रमा बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री दीपेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा मन्त्री श्रेष्ठले घुमफिर वर्ष २०७९ मनाउने घोषणा पश्चात चलचित्र क्षेत्रको माध्यमबाट पर्यटन विकास हुने बताउनुभयो । चलचित्रका क्षेत्रमा नीति तथा कार्यक्रम पर्याप्त समावेश गरिएको बताउनुहुँदै बजेट विनियोजन गरी कार्यान्वयन गरिने प्रतिबद्वता जनाउनुभएको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुनिल खड्का, बागमती प्रदेश समितिका महासचिव कृष्ण सारु मगर, चलचित्र पत्रकार संघ मकवानपुरका संस्थापक अध्यक्ष कुमार अधिकारी, ब्रोकास्टिङ एशोसिएसन अफ नेपालका उपाध्यक्ष उज्जवल चौलागाई, एनएस सिनेमाका प्रवन्धक नवराज आचार्य, मकवानपुरका कलाकार सुशाान्त कुमार श्रेष्ठलगायतको उपस्थिती रहेको थियो ।
चलचित्र पत्रकार संघ मकवानपुरका कार्यबहाक अध्यक्ष कपिल खड्काको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री दीपेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुनिल खड्का,बागमती प्रदेश शाखाका महासचिव कृष्णसारु मगर,मकवानपुर शाखाका अध्यक्ष मणिराज गौतम,कलाकार सुशान्त श्रेष्ठ लगाएतको आतिथ्यता रहेको थियो ।