मकवानपुर– मकवानपुरमा आज थप १५ जनामा कोरोना भाइरस सङक्रमण पुष्टि भएको छ । यससँगै आज एकैदिन मकवानपुरमा ५२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रस्थित प्रयोगशालामा गरिएको परीक्षणमा आज साँझ प्राप्त रिपोर्टअनुसार थप १५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनास्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिनुभएको छ । सङक्रमित मध्ये १३ जना हेटौंडा उपमहानगरपालिका क्षेत्रका र दुईजना मकवानपुरगढी गाउँपालिकाका रहेको उहाँले जानकारी दिनुभयो ।
यसअघि आज बिहान ३७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो । हेटौंडा स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा स्थापित कोरोना प्रयोगशलामा आज बिहान प्राप्त रिपोर्टअनुसार हेटौंडा उपमहानगरपालिका क्षेत्रका १८ जना, थाहा नगरपालिकाका २ जना, भीमफेदी गाउँपालिकाका ३ जना, बकैया गाउँपालिकाका २ जना, नेपाल प्रहरीका १० जना, चितवन र काठमाडौं स्थायी ठेगाना भएका १र१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको आइसोलेसन वार्डका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिनुभएको छ ।
Home प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मकवानपुरमा आज एकदिनमै थप १५ सहित ५२ जनामा कोरोना सङक्रमण पुष्टि











