मकवानपुर– मकवानपुरको विकट कैलाश गाउँपालिकाको प्रशासनीक भवनमा बिहीबार भिषण आगलागी भएको छ । आगलागीबाट कैलाश गाउँपालिका–३, कालिकाटारस्थित गाउँपालिकाको प्रशासनिक भवन जलेर पूर्ण रुपमा नष्ट भएको गाउँपालिकाकी उपाध्यक्ष सुकुमाया थिङले जानकारी दिनुभयो । गाउँपालिकाको सौर्य उर्जा प्रणालीमा सर्ट भई आगजनी भएको उपाध्यक्ष थिङले बताउनुभयो

गाउँपालिकाको न्यायिक समितिको बैठक चलिरहेका बेला सौर्य उर्जा प्रणालीमा सर्ट भई आगजनी भएको थियो । आजगनी भएसँगै भवनबाट सबै बाहिर निस्किएका थिए । गाउँपालिकाको १८ कोठाको प्रिफ्यावको प्रशासनिक भवन विद्युत सर्ट भई आगालागी हुँदा पूर्ण रुपमा जलेर ध्वस्त भएको छ । आगलागीबाट गाउँपालिकाका सबै कागजपत्र, जिन्सी सामान समेत नष्ट भएको उपाध्यक्ष थिङले बताउनुभयो ।
गाउँपालिकाका अध्यक्ष टंक मोक्तान भने युरिया मलको व्यवस्थापनका लागि जिल्ला सदरमुकाम हेटौंडामा रहेको बताउनुभयो । अस्थायी संरचनाको रुप्मा प्रिफ्यावले निर्माण गरिएको प्रशासनिक भवन जलेको खबर आएको उहाँले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय मकवानपुरले क्षतिको विवरण आउन बाँकी रहेको जनाएको छ ।