हेटौंडाः कृषि तथा वनविज्ञान विश्वविद्यालयलाई अदालतले भवन निर्माण नगर्न अन्तरिम आदेश जारी गरेको छ । उच्च अदालत पाटन, हेटौंडा ईजलासले बुधबार भवन निर्माण नगर्न अन्तरिम आदेश जारी गरेको हो । बुधबार न्यायाधीशद्वय टेकराज नेपाल र चण्डीराज ढकालको संयुक्त ईजलासले हेटौंडा–१० स्थित वनविज्ञान अध्ययन संस्थानको जग्गामा कृषि तथा वनविज्ञान विश्वविद्यालयले बनाउन लागेको भवन तत्काल नबनाउन अन्तरिम आदेश जारी गरेको हो । यसअघि पनि अदालतको एकल ईजलासद्वारा उक्त जग्गामा भवन निर्माण नगर्न अन्तरिम आदेश जारी गरेको थियो । बुधबार पुनः संयुक्त ईजलासले तत्काल उक्त जग्गामा भवन निर्माण नगर्न अन्तरिम आदेश जारी गरेको छ ।
वनविज्ञान अध्ययन संस्थानको नाममा रहेको १ सय ५७ विगाहा १९ कठ्ठा १४ धुर जग्गा मध्ये त्रिभुवन विश्वविद्यालयले कृषि तथा वनविज्ञान विश्वविद्यालयलाई आफुनो जग्गाबाट ६० विगाहा जग्गा दिने भनी निर्णय गरेको भए पनि उक्त जग्गा कृषि तथा वनविज्ञान विश्वविद्यालयको नामामा दर्ता नभएको देखिएको साथै उक्त जग्गाको पश्चिम तर्फबाट जग्गा दिने सहमति भएकोमा पुर्व–दक्षिण तर्फबाट भवन निर्माण थालिएको तत्काल निर्माण कार्य नगर्न अदालतले अन्तरिम आदेश जारी गरेको हो । अदालतको एकल ईजलासबाट भएको आदेशलाई निरन्तरता दि“दै बुधबार संयुक्त ईजलासबाट विवादको टुड्डो नलागेसम्म उक्त जग्गामा रहेका रुख कटान तथा भवन निर्माण समेत नगर्न आदेश जारी गरेको हो ।