हेटौडा उपमहानगरपालिका वडा नम्बर ५ का सम्पुर्ण बिध्यालय बन्द गरिएको छ । विगत केहिदिन देखी अविरल बर्षाको कारण वडा नं ५ का सम्पुर्ण भागहरू डुवानमा परेकोले वडा क्षेत्रभित्र रहेका सम्पुर्ण सामुदायिक, संस्थागत र अन्य शैक्षिक संस्थाहरु तीन दिनका लागि बन्द गारिएको हो ।

आइतबार एक सुचना जारी गर्दै उपमहानगरपालिकाले यस अबधिमा आफ्ना बालबालिकाहरूलाई सुरक्षित स्थानमानै राख्नुहुन समेत सम्पुर्ण अबिभावकलाइ हेटौंडा उपमहानगरपालिले अनुरोध गरेको छ ।