मकवानपुर– बामगती प्रदेशको भौतिक पूर्वाधार बिकास मन्त्रीमा नियुक्त भएका रामेश्वर फुँयालले सपथग्रहण गर्नुभएकाे छ । प्रदेश सरकारको सिफारिसमा बागमती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले फुँयाललाई पद तथा गाेपनीयताकाे सपथ ग्रहण गराउनुभएकाे हाे । प्रदेश प्रमुख कार्यालय हेटौंडामा भएको शपथग्रहण कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल, सभामुख सानुकुमार श्रेष्ठ, बागमती प्रदेशका मन्त्रीहरु लगायतको उपस्थिति रहेको थियो ।

फाेटाे–फिचर