मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडासहित मकवानपुर जिल्लाभर जारी गरिएको निषेधाज्ञा र कफ्र्यु आजदेखि हटाईएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना जारी गरेर अवस्था समान्य बन्दै गएकाले निषेधाज्ञा र कफ्र्यु हटाएको हो ।


पछिल्लो समय मुलुकमा विकसित घटनाक्रम र सो पश्चात् सृजित असहज परिस्थिति क्रमशः सामान्यीकरण हुँदै गएको सन्दर्भमा जिल्लामा लागु गरिएको निषेधाज्ञा तथा कफ्र्यू आदेश हटाइएको प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठद्वारा हस्ताक्षरित सूचना मार्फत जनाएको छ । जिल्लामा कफ्र्यु हटेसँगै जनजीवन सामान्य बनेको छ । बजारमा चहलपहल बढेको छ । भने, सार्वजनिकलगायत लामा तथा छोटो दुरीका सवारीसाधनहरू निर्बाध सञ्चालन भइरहेका छन् ।










