हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको ८ वटा वडाहरुमा कानुनी शिक्षा सम्बन्धि अनुशिक्षण सम्पन्न भएको छ । हेटौंडा उपमहानगरपालिका न्यायीक समितीको सहयोग एवं समन्वयमा टोल विकास संस्था नगर समन्वय समितीद्वारा आयोजित अनुशिक्षण नगरका ८ वटा वडामा सम्पन्न भएको टोल विकास संस्था नगर समन्वय समितीका महासचिव शिबहरि दाहालले जानकारी दिनुभयो ।
कार्यक्रम अन्तर्गत बिहिवार हेटौंडा-८ नं वडामा गठित टोल विकास संस्था एवम् अन्य संघ संस्थाका पदाधिकारी एवं सदस्यहरूको लागि अनुशिक्षण कार्यक्रमको आयोजना गरेको समेत उहाँले जानकारी दिनुभयो ।
नगर समन्वय समितीका अध्यक्ष ध्रुव प्रसाद अधिकारीको अध्यक्षता एवं हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका न्यायिक समितिका सदस्य एवं नगर समन्वय समितीका सल्लाहकार ज्ञान बहादुर थापा, टोल विकास संस्था नगर समन्वय समितिका, उपाध्यक्ष शान्ति श्रेष्ठ, महासचिव शिबहरि दाहाल, उपमहासचिव देबकुमार श्रेष्ठ, सचिब पुन्यबती घिमिरे, सदस्यहरु सुमित्रा पान्डे, कमला पौडेल र उर्मिला राना, मेलमिलाप केन्द्रका संयोजक यदुवंश खतिवडा, ८ नं वडा समन्वय समितीका अध्यक्ष बिष्णु अर्याल लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई हेटौंडा उपमहानगरपालिकाका कानुनी अधिकृत अधिवक्ता सुजन तिमल्सिना, अप्सरा बस्नेत तथा अन्जिता थापाले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा हेटौंडा ८ नं वडाका ६५ जनाको सहभागीता रहेको थियो । कार्यक्रम नगर भरीका सबै वडाहरूमा संचालन गरीने महासचिव दाहालले जानकारी दिनुभयो ।