file photo

आइसिसी ट्वान्टी–२० वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले बुधबार सार्वजनिक गरेको नयाँ वरीयतामा यसअघि १८औं स्थानमा रहेकाे नेपाल १७औं स्थानमा उक्लिएको हो ।

अमेरिका एक स्थान तल झर्दा शीर्षदेखि २० सम्मका अन्य टोली यथावत छन् । यसअघि १७औं स्थानमा रहेको अमेरिका नयाँ वरीयतामा १८औं स्थानमा पुगेको छ । नयाँ वरीयतामा नेपालका अलराउण्डर दीपेन्द्रसिंह ऐरीको वरीयता भने खस्किएको छ । आइसिसीले सार्वजनिक गरेको नयाँ वरीयतामा दीपेन्द्र एक स्थान तल झरेका हुन् । उनी नयाँ वरीयतामा सातौं स्थानमा पुगेका छन् । यसअघि उनी छैटौं स्थानमा थिए ।

यसैगरी ब्याटिङ वरीयतामा ऐरी ४६ औं स्थामा छन् भने कप्तान रोहित पौडेल ६१ औं स्थानमा छन् । आशिफ शेख ७० औं स्थानमा पर्न सफल भएका छन् ।

ट्वान्टी–२० बलिङ वरीयताको शीर्ष १०० मा भने नेपालका सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीमात्रै अटाएका छन् । नयाँ वरीयतामा तीव्र गतिका बलर सोमपाल ९१औं स्थानमा यथावत् छन् । स्पिनर दीपेन्द्र भने एक स्थान तल खस्किँदै ९७औं स्थानमा पुगेका छन् । यसअघि उनी ९६औं स्थानमा थिए ।