हेटौँडा । सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगको अध्यक्षमा हेटौँडाका नरेन्द्र भण्डारी नियुक्त हुनु भएकाे छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई अध्यक्षको ३ बर्षे कार्यकालका लागि हेटौँडा सिमेन्ट उद्योगको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो ।

संघीय सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यसअघिका अध्यक्ष गणेश प्रसाद भेटुवालको मृत्यु भएपछि रिक्त अध्यक्ष पदका लागि दरखास्त आव्हान थियो । मन्त्रालयले दरखास्त आव्हान गरेपछि ४ जनाले दरखास्त बुझाएका मध्ये हेटौँडाका भण्डारीसहित सञ्जीब कुमार देव र श्रीकृष्ण भद्र अर्यालकाे जेठ १३ गते मन्त्रालयमा अन्तरवार्ता भएको थियो । अध्यक्षको जिम्मेवारी प्राप्त गर्नुभएका भण्डारीले आफ्नो कार्यकालमा उद्योगलाई सकारात्मक दिशातर्फ अग्रसर गराउने प्रतिकृया दिनुभयाे ।