सरकारले ब्रोडब्यान्ड इन्टरनेट सेवाको पहुँच सबै पालिकाको केन्द्रसम्म पुर्याएको छ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै ब्रोडब्यान्ड इन्टरनेट सेवा पालिकाका पाँच हजार नौ सय ५१ वडा केन्द्रमा विस्तार गरिएको जानकारी दिनुभएको हो ।
यसैगरी, चार हजार दुई सय ७२ स्वास्थ्य केन्द्र र पाँच हजार तीन सय ४१ सामुदायिक माध्यमिक विद्यालयमा समेत ब्रोडब्यान्ड इन्टरनेट सेवा विस्तार भएको छ । सबै सरकारी कार्यालयको वेबसाइटमा एकरुपता कायम गर्न वेबसाइटको साझा ढाँचा निर्माण गर्नाका साथै अहिलेसम्म यस प्रणालीमा दुई सय ६३ निकाय आबद्ध भई ६३ निकायले वेबसाइट लाइभ गरेको सरकारले जनाएको छ ।