प्रतिकारात्मक तस्विर

हेटौंडा । पुर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको जीतपुरसिमरा–२२, स्थित ३ नम्बर पुलमा भएको यात्रुबाहक बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । धनगढीबाट विराटनगर तर्फ जाँदै गरेको ना ६ ख ९०३० नम्बरको बस मंगलबार दिउँसो पुल नजिकबाट खोलामा खोलामा खसेको हो ।
ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले दुर्घटनामा परेका ४ जना गम्भीर घाइतेलाई उपचारका लागि हेटौँडा अस्पताल पठाइएको जानकारी दिनुभयो । दुर्घटनामा एक जना यात्रुको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते र मृतकको पहिचान खुल्न बाँकी रहेको क्षेत्रीले जानकारी दिनुभयो । दुर्घटनामा दुई बालबालिका, १२ जना महिला र ३ जना पुरुष घाइते भएका छन् । जसमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ ।

सम्बन्धित समाचार

३ नम्बर पुलमा यात्रु बस दुर्घटना, १ दर्जन बढी घाइते