इन्टरनेशनल क्रिकेट काउन्सिल (आईसीसी) ले सन् २०२३ को उत्कृष्ट खेलाडीहरूको नाम सार्वजनिक गरेको छ । जसमा भारतीय क्रिकेट टिमका ब्याट्सम्यान विराट कोहली सन् २०२३ को वनडे क्रिकेटर अफ द ईयर चुनिएका छन् ।
आईसीसीले आफ्नो सामाजिक सञ्जाल एक्समा कोहलीलाई प्लेयर अफ द टूर्नामेन्ट बताउँदै पुरुष तर्फको ओडीआई क्रिकेटर अफ द ईयर घोषित गरिएको उल्लेख गरेको छ । रेकर्डको हिसाबले कोहलीका लागि सन् २०२३ निकै राम्रो रह्यो। उनले सन् २०२३ को विश्व कप क्रिकेटको सेमिफाइनलमा न्यूजील्यान्डविरुद्धको खेलमा ५० औँ शतक पूरा गरेर सचिव तेन्दुल्करको रेकर्ड तोडेका थिए । यस्तै अस्ट्रेलियाका उस्मान ख्वाजालाई आईसीसी मेन्स टेस्ट प्लेयर अफ द ईयर २०२३ घोषणा गरिएको छ ।