हेटौंडा । मकवानपुरमा ध्वनी प्रदुषण नियन्त्रण गर्न ध्यानाकर्षण गराईएको छ । जनसरोकार केन्द्र मकवानपुरले आईतबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै ध्वनी प्रदुषण नियन्त्रणका लागि ध्यानाकषर्ण गराउनुभएको हो ।
जनसरोकार केन्द्र मकवानपुरका संयोजक धुर्ब प्रसाद चौलागाईले प्रमुख जिल्ला अधिकारी सूर्य प्रसाद सेडाईलाई ध्यानाकषर्णपत्र बुझाउँदै बढ्दो ध्वनी प्रदुषण नियन्त्रण गर्न आग्रह गर्नुभयो । ध्वनी प्रदुषणका कारण मकवानपुरका नागरिक समस्यामा पर्दै आएको भन्दै केन्द्रले सो सम्बन्धमा प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका अन्य सरकारी निकाय एवम् बिभीन्न राजनीतिक दलहरुलाई पनि ध्यानाकषर्ण गराएको छ ।
यस्तो छ, जनसरोकार केन्द्रको ध्यानाकषणपत्र ।
उपरोक्त सम्बन्धमा बदलिदो सामाजिक परिवेश र प्रविधी मैत्री बन्दै गई रहेको अहिलेको अवस्थामा राज्यद्वारा ध्वनी प्रदुषण नियन्त्रण गर्न विभिन्न उपायहरु अवलम्बन गरि रहेको सर्बविधीतै छ । ध्वनी प्रदुषणका कारण मानिसलाई मानसिक रुपमा अशर गर्ने, मुटुरोगीहरुलाई अशर गर्ने, श्रवण शक्तमिा ह्रास आउने जस्ता समस्याहरु उच्च रुपमा हुने बिज्ञहरुले प्रमाणित गरेका छन ।
यस्तो संवेदनशिल समस्या र आम नागरिकको नेपालको संविधानले प्रदानगरेको स्वच्छ वातावरण एवंं स्वास्थ्य सम्बन्धि हकमा ध्वनी प्रदुषणले असर पुर्याई रहेकोले यसको निदानको लागी नागरिक समाज राजनैतिक पार्टी स्थानीय तह र धार्मीक संघसंगठन राज्यका निकायहरु सबै मिलेर यो समस्याको समाधान गर्नु आवश्यक भएकोले वातावरण प्रदषण, ध्वनी प्रदुषण जस्ता विषयहरुका सम्बन्धमा निम्नानुसार कार्य गर्न गराउन हुन सम्बन्धित सबैको ध्यानाकर्षन होस भनि यो ध्यानाकर्षण पत्र दिएका छौ ।
यी समस्या र समाधनका केही उपायहरु
१. सवारी साधनमा वजाईने हर्नले उच्च ध्वनी प्रदुषण भईरहेकोले पुर्ण रुपमा निषेध गर्न सबैले आआफ्नो ठाउँवाट पहल गर्ने
२. बिभिन्न धर्माबलम्बीहरुले आफनो मठ, मन्दिर, चर्च, गुम्बा, मस्जिदहरुमा प्रयोग भईरहेका माईक, स्पिकर जस्ता उच्च ध्वनी आउने साधनहरुले स्वास्थ्यमा गम्भिर समस्या गराएकोले साउण्ड प्रुफ गरी सम्बन्धित स्थानमा मात्रै वज्ने व्यवस्था गर्ने र यसरी साउण्ड प्रुफ गरी वजाउँदा छिमेकमा रहेका जेष्ठ नागरिक ,बालबालिका र छिमेकीको संबैधानिक एवं नागरिक हक अधिकारमा प्रत्यक्ष अशर नपुग्ने गरी वजाउने यदी छिमेकीहरुवाट गुनासो आएमा सम्बन्धित निकायवाट सुनवाई गरी उचित व्यवस्था गर्ने
३. सिन्केधुप बाँसको सिन्कावाट बन्ने र धुपमा वारुदको मिश्रणसमेत हुनेहुदा मानिसको फोक्सोजस्ता संबेदनशिल अंगमा प्रत्यक्ष अशरपरि रहेको छ त्यसैले मठ, मन्दिर, चर्च, गुम्बा, मस्जिदमा प्रयोग गर्ने सिन्के धुपलाई निषेध गरी स्वास्थ्यमा प्रतिकुल अशर नपर्ने धुपहरु स्थानीय प्रशासनवाट स्वीकृत भएको मात्रै प्रयोग गर्ने ।
४. बिद्यालय, कलेजहरुमा स्पिकर , माईक राखेर खुला रुपमा बिभिन्न कार्यक्रम गर्दा ध्वनी प्रदुषण भई रहेकाले बिद्यालय, कलेजहरुले साउण्ड प्रुफ हलमा मात्रै कार्यक्रम गर्ने ।
५. पार्टीप्यालेस, होटलहरुमा स्पिकर र माईकमा बिभिन्न म्युजीकहरु वजाउँदा ध्वनी प्रदुषण भईरहेकोले पार्टीप्यालेस, होटलहरुमा साउण्ड प्रुफ हलमा मात्रै कार्यक्रम गर्ने ।
६. बस्तीमा प्रत्यक्ष अशर पर्नेगरी क्रशर उद्योगहरु संचालन गर्दा ध्वनी एवं धुलोका कारण प्रदुशन भईरहेकाले यसलाई सम्बन्धित निकायले अनुगमन गरी ध्वनी एवं धुलो नियन्त्रणमा कडाई गर्ने ।
७. हेटौँडाको तीन ठाँउमा रहेका सिमेन्ट उद्योगहरुवाट निस्कने धुलो र धुवाले हेटौडामा वातावरणिय प्रदुषण भईरहेको र भविस्यमा यो अत्यन्तै जटील वातवरणीय प्रदुषणको कारक वन्ने निश्चित भएकोले सिमेन्ट उद्योगहरुलाई धुलो एवं धुँवा नियन्त्रणको लागि कानून बमोमिको व्यवस्था गर्न निरन्तर अनुगमन गर्ने ।
यी माथिका कुराहरु आम नागरिकको प्रत्यक्ष सरोकारको बिषयहरु भएपनि नियन्त्रण गर्ने स्रोत साधनको अभावको कारण नियन्त्रण गर्न कठीनाई भइरहेको पाईएकोले यस सम्बन्धमा सबैले ध्यान दिनु आवश्यक छ ।
बिभिन्न धर्मालम्बीहरुले परम्परागत रुपमा मन्दिरमा वजाईने घण्टी, शंख नबजाई माईक, स्पिकर वजाएर न कुनै धर्म प्राप्त हुन्छ न कुनै फाईदा यस्ता ध्वनी प्रदुषण हुने कार्यगर्दा अन्य व्यक्तीमा पर्ने असरले उल्टै श्राप लाग्ने भएकोले सबै धर्मालम्बीहरुले आफ्नो र आफ्ना छरछिमेक अनि समाजमा रहेका एकअर्का धर्मालम्बीहरुको भावनाको कदर गर्दै एक अर्काले अबलम्बन गरेको धर्म र धार्मीक कार्यले अर्को समुदायलाई असर नपुग्ने गरी कार्य गर्नू आवश्यक र राम्रो काम पनि हुने भएकोले यसतर्फ सबै मिलेर सहकार्य गर्ने वातावरण श्रृजना गर्न स्थानीय प्रशासन लागयत सबैको ध्यानकर्षण गराएका छौँ । यसतर्फ जिल्ला प्रशासन कार्यालयले उचित पहल गरी सबै सरोकारवालाहरुसंग परामर्श गरी सहकार्य गर्न समेत यसै ध्यानाकर्षपत्र मार्फत अनुरोध गर्दछौ ।