हेटौंडा– हेटौंडा उपमहानगरपालिकाको आर्थिक बर्ष २०७९÷८० को बार्षिक समिक्षा सम्पन्न भएको छ । उपमहानगर क्षेत्र महाशाखाहरुले गरेको कामको बारेमा समिक्षा बैठकमा प्रस्तुति करण भएको थियो ।
आर्थिक बर्ष २०७९÷८० मा सामान्य प्रशासनबाट भएका कामको बारेमा महाशाखा प्रमुख शान्ति बिश्वकर्मा, आर्थिक विकासबाट भएको कामको महाशाखा प्रमुख राजेश्वरी शाही, शहरी पुर्वाधार बिकासबाट भएको कामको सुबोध थापा, सामाजिक विकासबाट भएका कामको महाशाखा प्रमुख भिमप्रसाद तिमल्सिना, शिक्षा विकासबाट भएका कामको महाशाखा प्रमुख हरीचन्द्र सापकोटा, महिला तथा वालबालिकाबाट भएको कामको महाशाखा प्रमुख विष्णुकुमारी लामिछाने प्रस्तुतिकरण गरेका थिए ।
समिक्षा बैठकमा भएका उपमहानगरबाट भएका कार्यहरुको सवल, सुधार गर्नुपर्नेकाम, चुनौंति र अपनाउनु पर्ने रणनितीको बारेमा छलफल गरिएको थियो । छलफलका क्रममा उपमहानगरका कामलाई थप प्रभावकारी बनाउँनका लागि सबैको सहकार्य आवश्यक रहेको बताइएको थियो । नगर प्रमुख मीनाकुमारी लामाको अध्यक्षतामा भएको कार्यक्रममा नगरको विकासका लागि एक अर्काको सहयोग आवश्यक रहेको बताईन् । सेवाप्रवाहलाई चुस्त बनाउँदै वडातहबाट हुन सक्ने सेवा प्रवाहलाई नगरसम्म ल्याउने काम रोक्न निर्देशन दिइन् । समस्या र चुनौंतिलाई समाधान गर्नका लागि महाशा प्रमुखहरुलाई शुष्म अध्ययन गरी आगामि मासिक बैठकमा प्रतिवेदन सहित उपस्थित हुन निर्देशन दिइन् ।
उपमहानगरले आर्थिक बर्ष २०७९÷८० मा ३ अर्व ३० करोड ९ लाख ५५ हजार बजेट मध्य चालु तर्फ १ अर्व ४० करोड ३९ लाख ८४ हजार ३४५, पुजिँगत तर्फ १ अर्व ६ करोड १३ लाख ३२ हजार ६७० रुपियाँ र वित्तीय व्यवस्थापन तर्फ ८५ लाख ६५ हजार ७० रुपियाँ गरी जम्मा २ अर्व ४७ करोड ७८ लाख ८२ हजार ८५ रुपियाँ खर्च गरेको थियो । बार्षिक समिक्षा कार्यक्रममा उपमहानगरका बिभिन्न वडाका अध्यक्ष, नगर कार्यपालिकका सदस्य, प्रमुख प्रशासकिय अधिकृत शिबराज चौलागाई सहितको उपस्थिती रहेको थियो ।