मकवानपुर । हेटौंडा–९, स्थित कृष्ण आदर्श इङ्लिस बोर्डिङ स्कुलको आयोजनामा भएको प्रथम अन्तर विद्यालय तेक्वान्दो प्रतियोगिताको उपाधि रिलायन्स बोर्डिङ स्कुलले जितेको छ । भदौ २९ र ३० गते भएको प्रतियोगितामा रिलायन्सले ८ स्वर्ण जित्दै टिम च्याम्पियन भयो ।

राष्ट्रिय तेक्वान्दो संघ नेपाल जिल्ला कार्यसमिति मकवानपुरको प्राविधिक सहयोगमा सम्पन्न प्रतियोगितामा आयोजक कृष्ण आदर्शले ५ स्वर्ण, ७ रजत जित्दै दोस्रो स्थान हासिल ग¥यो । भने, ५ स्वर्ण, ३ रजतका साथ माउण्ट एभरेष्ट ईङलिस बोर्डिङ स्कुल तेस्रो स्थानमा रह्यो । दुई दिनसम्म सञ्चालित प्रतियोगितामा कुल २६ विद्यालयका २७५ जना खेलाडीसहित विद्यालयका प्रतिनिधी, टीम कोच र अभिभावकसहित करीब ५०० जना भन्दाबढीको उपस्थिति थियो ।

विद्यार्थीलाई पढाईसंगै खेलकुदमा पनि उत्तिकै प्रतिभाशाली बनाएर अघि बढ्न हौसला प्रदान गर्ने साथै खेलाडी उत्पादन गर्ने उदेश्यका साथ प्रतियोगिता सञ्चालन गरिएको विद्यालयका सञ्चालक नवीन केसीले जानकारी दिनुभयो । बालबालिकाहरूलाई अतिरिक्त कृयाकलापमा सहभागि गराएर शारीरिक रुपमा स्वस्थ बनाउने उद्देश्यका साथ प्रतियोगिता सञ्चालन गरिएके उहाँले बताउनुभयो । उहाँले प्रतियोगिताले विद्यार्थीहरुमा आत्मविश्वास बढेको पाईएको भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु संचालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतियोगिता संचालनकै क्रममा छात्राहरुलाई अत्मरक्षा तालिम समेत प्रदान गरिएको जुन निकै प्रभावकारी भएको उहाँले बताउनुभयो । सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र पशुपतिनगरको समन्वयमा छात्राहरुलाई यौनजन्य दब्र्यवहार बिरुद्धको सचेतना तथा आत्मरक्षा तालिम प्रदान गरिएको थियो ।

कृष्ण आदर्श ईङलिस बार्डिङ स्कुलको आयोजनामा भएको प्रतियोगिताको पहिलो दिन उद्घाटन सत्र बागमती प्रदेश प्रहरी प्रमुख किरण राना र दोस्रो दिन समापन कार्यक्रम मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सिताराम रिजालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दुर्गा भट्टराई, कार्यक्रम संयोजक रोशिक श्रेष्ठ, राष्ट्रिय तेक्वान्दो संघ मकवानपुरका अध्यक्ष मदन श्रेष्ठ, प्याब्सन मकवानपुरका अध्यक्ष बिनोद सुवेदी, सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष राम बिष्टलगयतको सहभागिता थियो ।