भारतीय अर्थमन्त्री निर्मला सीतारमणले टमाटरको बढ्दो मूल्य कम गर्न नेपालबाट आयात गर्न थालेको बताउनुभएको छ । भारतीय संसदमा आज बिहीवार टमाटरको अभाव र मूल्यबारे जवाफ दिँदै अर्थमन्त्री सीतारमणले नेपालबाट टमाटर आयात गर्न थालेको बताउनुभएको हो ।
उत्तरी भारतका वाराणसी, लखनउ र कानपुर शहरहरूमा टमाटरको अभाव हुनुका साथै भाउ प्रतिकिलो दुई सय ५० भारुसम्म पुगेको छ । भाेलिसम्म शुक्रवारसम्ममा यी राज्यहरूमा टमाटर पुग्ने उहाँले बताउनुभयाे । खराब वर्षा, उच्च तापक्रम र बालीमा भाइरसको प्रकोपलगायतका कारण भारतमा टमाटर उत्पादनमा व्यापक कमी आएको छ ।