मकवानपुर । अधिवक्ता भगवती पाण्डे शीतललाई कारवाहीको गर्न माग गर्दै सोमबार हेटौंडामा प्रदर्शन गरिएको छ । तामाङ र मगर समुदायको संस्कारको विषयमा भ्रम फैलाएको भन्दै पाण्डेलाई कारवाहीको माग गर्दै मकवानपुरका तामाङ र मगर समुदायले प्रदर्शन गरेका हुन् ।
पाण्डेले एक टेलिभिजन कार्यक्रममा मगर, तामाङलगायतका जातीमा दाजु बहिनीबीच विवाह हुने भन्दै विवादास्पद अभिव्यक्ति दिनुभएको थियो । अधिवक्ता पाण्डेले तामाङ समुदायलाई होच्याएर अभिव्यक्ति दिएको र मानवअधिकार उल्लंघन गरेको भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरमा तामाङ समुदाय र मगर समुदायले बिरोध प्रदर्शन गर्दै ज्ञापनपत्र बुझाएका छन् । उक्त विषयमा सोमबार जनजाति समुदायले देशभर प्रदर्शन गरेका छन् ।