सभामुख देवराज घिमिरेले बोलाउनुभएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितको शीर्ष नेताहरूको बैठकमा संसद्को गतिरोध अन्त्यका विषयमा छलफल भएको छ । बैठकमा संसद्को गतिरोध अन्त्य भएर बैठक सुचारु हुनुपर्छ भन्ने विषयमा शीर्ष नेताहरुबीच छलफल भएको एमाले प्रमुख सचेतक महेश बर्ताैलाले जानकारी दिनुभयो ।
बैठकमा सुनकाण्ड छानबिनका लागि उच्च स्तरीय समिति गठन, संसदीय समितिको सभापति चयन लगायतका विषयमा छलफल भएको नेकपा एमालेका सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो । शीर्ष नेताहरूको बैठक साँढे ३ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा पुन बस्ने बताइएको छ । आज १ बजेका लागि तय गरिएको प्रतिनिधि सभाको बैठक ४ बजेका लागि सारिएको छ ।