मकवानपुर । बागमती प्रदेशमा गठवन्धन दलहरुबीच भागबण्डा मिलाउन मन्त्रालयको संख्या थप गरिएको छ । सत्ता गठवन्धन दलभित्र भागवण्डा मिलाउन मन्त्रालयको सख्या ११ बाट १२ पु¥याईएको हो ।
आईतबार मन्त्रालयको संख्या थप गरेर विना विभागिय मन्त्री रामकृष्ण चित्रकारलाई जिम्मेवारी दिईएको छ । गत जेठ ७ गते मन्त्रीमा नियुक्त हुनुभएका चित्रकारलाई ७७ दिनपछि आईतबार उद्योग तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको हो । मन्त्री चित्रकारलाई पर्यटन मन्त्रालय र मुख्यमन्त्रीको कार्यालयबाट मन्त्रालय अलग्याएर मन्त्रालयको जिम्मा दिएको हो । गत आइतबार बसेको मन्त्रिपरिषद् बैठकले चित्रकारलाई विभाग तोक्ने विषयमा छलफल चलेको र आज आइतबार मन्त्रालयको टुङ्गो लागेको उहाँको चिवालयले जनाईएको छ । चित्रकार कांग्रेस बागमती प्रदेशको संसदीय दलका उपनेता हुनुहुन्छ ।
सरकार गठनका समयमा उच्चस्तरीय समिति निर्माण गरी मन्त्रालयको संख्या १० प्रतिशतमा सीमित राख्ने प्रतिबद्धता जनाउनु भएको थियो । गत पुस २६ गते मुख्यमन्त्री भए पश्चात उहाँले पहिलो निर्णयको रुपमा ३ मन्त्रालय घटाएर ११ मन्त्रालय बनाउनु भएको थियो । तर उक्त निर्णय कार्यान्वयन भने गर्न सक्नु भएन ।
बागमती प्रदेशमा मन्त्रालय बढेसँगै काँग्रेसले ६ मन्त्रालय पाएको छ । कांग्रेसले वन तथा वातावरण मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालय, स्वास्थ्य मन्त्रालय, पर्यटन तथा सहकारी मन्त्रालय र उद्योग तथा सामान्य प्रशासन मन्त्रालय पाएको छ ।
माओवादीले मुख्यमन्त्रीसहित आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय गरी ४ मन्त्रालयमा नेतृत्वमा छ गरेको छ । यस्तै एकीकृत समाजवादीले कृषि तथा पशुपन्छी विकास र श्रम रोजगार तथा यातायात गरी दुईवटा मन्त्रालय पाएको छ ।