मकवानपुर । निजी तथा आवासीय बिद्यालय अर्गनाइजेशन (प्याब्सन) मकवानपुरले १७१ जना विद्यार्थीलाई सम्मान गरेको छ । बिहीबार हेटौंडामा एक कार्यक्रमको आयोजना गरेर हेटौंडाका बिभीन्न बिद्यालयबाट एसईई २०७९ मा उत्कृष्ट अंक ल्याउने १७१ जना बिद्यार्थीलार्ई सम्मान गरेको हो ।
उत्कृष्ट हुने बिद्यार्थीहरुलाई हेटौंडा उपमहानगरपालिकाका मेयर मिना कुमारी लामा, प्याप्सन मकवानपुरका अध्यक्ष बिनोद सुवेदी लगायतकाले सम्मान गर्नुभएको थियो । कार्यक्रममा राष्ट्रिय परिक्षा बोर्ड हेटौंडाका प्रमुख कृष्ण प्रसाद घिमिरे, शिक्षा विकास तथा समन्वय इकाइ मकवानपुरका प्रमुख दिनानाथ गौतम, प्ययाब्सन बागमती प्रदेशका अध्यक्ष केशबलाल श्रेष्ठ, संस्थागत बिद्यालय अभिभावकसंघ मकवानपुरका अध्यक्ष रमिला सापकोटा, नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरका अध्यक्ष श्रीराम दाहाल, प्याब्सन पूर्व अध्यक्ष राजन थापा लगायतकाको आतिथ्यता रहेको थियो । प्याब्सन मकवानपुरका अध्यक्ष बिनोद सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुरका बिभीन्न बिद्यालयका बिद्यार्थी तथा अभिभावकहरुको सहभागिता रहेको थियो ।