राष्ट्रपति रामचन्द्र पौडेलले बजेटसम्बन्धी तीन वटा विधेयकलाई आज प्रमाणीकरण गर्नुभएको छ । राष्ट्रपति पौडेलले विनियोजन विधेयक, २०८०, आर्थिक विधेयक २०८० र राष्ट्र ऋण उठाउने विधेयक २०८० प्रमाणीकरण गर्नुभएको हो । सङ्घीय संसद्बाट पारित भई नेपालको संविधानअनुसार प्रमाणीकरणका लागि पेश हुन आएका तीन वटा विधेयकलाई राष्ट्रपतिले प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले दिनुभयो ।