प्रतिकारात्मक तस्विर

मकवानपुरको मनहरीमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तरगत मनहरी गाउँपालिका–६ नयाँबस्तीमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाकाे मृत्यु भएकाे प्हरीले जनाएकाे छ ।
मृत्यु हुनेमा रामेछाप नगरपालिका–८ घर भई चितवन खैरेनी–८ बस्ने अन्दाजी ५० वर्षीय नर बहादुर थापा रहेकाे जिल्ला प्रहरी कायार्लय मकवानपुरले जनाएकाे छ । चितवन तर्फबाट हेटौडा तर्फ आउदै गरेको बा.प्र.०३-००३ प ८६५८ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सडकको पोलमा ठक्कर खाइ दुर्घटना हुँदा मोटरसाइकल चालक थापा गम्भीर घाइते भएका थिए । थापालाई बेहोस अवस्थामै उपचारको लागि भरतपुर चितवन पठाएकोमा उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।