मकवानपुर– मकवानपुरको भीमफेदी गाउँपालिकामा गएराति कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भीमफेदी गाउँपालिका–९ अघोरमा विरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको बा १ य १२८३ नम्बरको कार दुर्घटना हुँदा एक भारतीय नागरिकको मृत्यु भएको हो । दुर्घटनामा अन्य दुई जना घाईते भएका छन् ।
दुर्घटनामा ४५ वर्षीय भारतीय नागरिक सन्तोष सल्वा कुमारको ज्यान गएकाृ मकवानपुर प्रहरीले जनाउको छ । दुर्घटनामा गम्भीर घाईते भएका उनको आज बिहान सवा ६ बजे हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा भारतीय नागरिक अन्दाजी २४ वर्षीया गोपिका नन्द स्वामी र २३ वर्षीया लल्मी साहिटी घाईते भएको प्रहरीले जनाएको छ । उनीहरुको हेटौंडा अस्पतालमा उपचार भइरहेको तथा एक जना गम्भीर घाईते रहेको जनाईएको छ । प्रहरीले गाडी चालकलाई नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।