नारायणगढ–मुग्लिन सडक खण्ड सञ्चालनमा आएको छ । चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ५ तीन नम्बर पुलमा गए राति खसेको पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको डिभिजन सडक कार्यालय चितवनले जनाएको छ । अहिले दुईतर्फी नै गाडी चलिरहेका छन् ।
पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याएको भए पनि जोखिम कायमै रहेकोले सावधानी पूर्वक गाडी चलाउन कार्यालयले अनुरोध गरेको छ । दैनिक औसतमा १० हजार गाडी आउजाउ गर्ने यो सडक खण्डमा गएको बिहीवारदेखि पटक पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ ।