सुन चाँदीको भाउ आज दुई सय रुपैयाँले बढेको छ । तोलामा दुई सय रुपैयाँले बढेर सुनकाे भाउ आज एक लाख १० हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, आज चाँदी पनि तोलामा १० रुपैयाँले बढेर एक हजार तीन सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।