मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि रु ४४ करोड ३४ लाख ५० हजार बजेट विनियोजन गरेको छ । गाउँपालिकाकाे १२औ अधिवेशनबाट आगामी आर्थिक बर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम र बजेट पारित भएकाे हाे । गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनीकाे अध्यक्षातामा बसेकाे १२औँ गाउँसभामा उपाध्यक्ष उमाकुमारी लामाले आगामी आर्थिक वर्षका लागि पेश गर्नु भएकाे बजेट पारित भएकाे हाे ।