कोसी प्रदेश सरकारले ताप्लेजुङका बाढी पहिरोपीडितका लागि औषधि पठाएको छ । अति आवश्यक पर्ने औषधि नेपाली सेनाको अस्पतालमार्फत हेलिकोप्टरबाट ढुवानी गर्ने गरी पठाइएको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरले जनाएको छ । केन्द्रका प्रमुख डा। वीरेन्द्र कुमार मण्डलले तत्काललाई आवश्यक पर्ने ३६ किसिमका औषधि नेपाली सेनामार्फत पठाइएको जानकारी दिनुभयो।