मकवानपुर । सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामूदायिक प्रहरी सेवा केन्द्र पशुपतिनगरले आइतबार विभिन्न विधामा सम्मान तथा आजिवन सदस्यता वितरण गरेको छ । केन्द्रका अध्यक्ष राम बिष्टको अध्यक्षता एवम् बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरिक्षक किरण राणाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा रेडियो नेपालका मकवानपुर सम्वाददाता विश्वराम अधिकारीसहित पत्रकार प्रकाश दाहाल, श्रीराम अर्जुन र कुन्दन धिताललाई सम्मान गरिएको थियो । उहाँहरुलाई पत्रकारीताको माध्यमबाट समाज सुधारको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएको भन्दै सम्मान गरिएको हो । यस्तै कार्यक्रममा स्वास्थ्यकर्मी, शिक्षक, समाजसेवीलगायत विभिन्न विधामा व्इक्तिगत एवम् संथागत रुपमा तीस जनालाई सम्मान गरिएको थियो । उहाँँहरुलाई प्रहरी नायव महानिरिक्षक राणालगायत अतिथिहरुले प्रमाणपत्रद्धारा सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा प्रहरी नायव महानिरिक्षक राणा राणाले मकवानपुर लागुऔषधको हवको रुपमा रहेको भन्दै यसको न्यूनीकरणमा सामुहिक प्रयास जरुरी रहेको औल्याउनुभयो । “प्रदेशमा सात हजार बर्दीवाला प्रहरी छन् बिनाबर्दीका प्रहरी तपाईहरु हो, सहकार्य र समन्वयमा लागुऔषध सेवन, साईबर अपराध तथा समाजमा भएका विकृतिको अन्त्य गर्न हामी एकजुट हुनुपर्छ ।” उहाँले भन्नुभयो । विद्यालय स्तरबाटै सचेतना अभिवृद्धि गर्दै लैजानुपर्नेमा जोड दिनुहुँदै राणाले मकवानपुरमा गाँजा र अफिमको खेती भइरहेको हुँदा त्यसतर्फ प्रहरी र आम नागरिक सचेत हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा सेवा केन्द्रका मानार्थ सदस्य एंव जिसस मकवानपुरका निवर्तमान प्रमुख रघुनाथ खुलाल, सीताराम बर्तौला, प्रगति उच्च माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदीप पराजुली, सेवा केन्द्रका सहसचिव महेश्वरमान श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा जिसस मकवानपुरका सदस्य वीरेन्द्र लामा, वडा नम्बर ९ का कार्यबाहक अध्यक्ष विष्णु राना, प्रगति विद्यालयका प्राचार्य निरन्जन ढकाल, इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रमुख प्रहरी निरिक्षक राजु केसी लगायत सञ्चारकर्मीको आतिथ्यता रहेको केन्द्रकी सचिव रमिला सापकोटाले जानकारी दिनुभयो । कार्यक्रममा सहभागि एवम् विद्यालयका विद्यार्थीहरुलाई साइबर अपराध र लागु औषध सम्बन्धी सचेतना एवम् आजीवन सदस्यता समेत वितरण गरिएको थियो ।