मकवानपुर । बागमती प्रदेशकाे राजधानी हेटाैडामा दाेस्राे विजय युथ गाेल्डकप फुटबल प्रतियाेगिता हुने भएकाे छ । शनिबार विजय युथ क्लबले पत्रकार सम्मेलन गरी प्रतियाेगिता असार ५ गतेबाट १५ गतेसम्म हुने जानकारी दिएकाे हाे ।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ खेलाडीहरुको बीचमा भ्रातृत्वको सम्बन्ध स्थापना गर्दै फुटबलको विकासका निम्ति क्लवले दोस्रो विजय यूथ गोल्डकपको आयोजना गर्न लागेको क्लब अध्यक्ष सुदिप राजवाहकले जानकारी दिनुभयाे । हेटौंडा ५ पिप्ले क्याम्पा रंगशालामा हुने प्रतियाेगितामा १६ टिमकाे सहभागिता रहने बताइएकाे छ ।
प्रतियाेगितामा हेटौंडा फुटबल एकेडेमी, विजय यूथ क्लव, हटिया भेट्रान्स क्लव, ढल्केजोवान एफसी, रिगल हेटौंडा रिसोर्ट मकवानपुर, नागस्वती एफसी, पदमपोखरी युनाइटेड, हर्नामाडी यूथ क्लव, एफसी विजय यूथ, अग्रसर यूथ क्लव, समाजकल्याण एफसी, बागमती प्रदेश प्रहरी गण, चाइना पब्लिक यूथ क्लव, चौकीटोल यूथ क्लव, पशुपति युवा क्लव, हेटौंडा फुटबल एकेडेमी ए काे सहभागिता रहने राजवाहकले बताउनुभयाे ।
प्रतियाेगिताकाे विजेताले २ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने उपविजेताले १ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यसैगरी सर्वोत्कृष्ट खेलाडीलाई ५ लाख बराबरको बीमा, नगद १० हजार रुपैया प्रदान गरिने राजवाहकले बताए । प्रतियोगिताकाे विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई जनही नगद ५ हजार रुपैयाँसहित ट्रफी / प्रत्येक खेलको म्यान अफ द म्याचलाई पुरस्कारकाे व्यवस्था रहेकाे उहाँले जानकारी दिनुभयाे । असार ५ गते बेलुका ४ बजे हुने उद्घाटन खेल एफसी विजय युथ र अग्रसर यूथ क्लव बीच हुने प्रतियाेगितामा अनुमानित १३ लाख खर्च आयाेजकले जनाएकाे छ ।