हेटाैँडा । हेटाैँडा उपमहानगरपालिका ४ नम्वबर वडा कायार्डालयकाे आयाेजना तथा माेहन बज्राचार्य सहरी स्वास्थ्य केन्द्रकाे व्यवस्थापन र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे सहकार्यमा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएकाे छ । स्वास्थ्य शिविरकाे उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष नवीन सिग्देल स्वास्थ्य मानिसकाे पहिलाे र महत्वपूर्ण धन भएकाेले वडा कार्यालयले प्राथमिकताका साथ निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेकाे बताउनुभयाे ।
शिविरमा ५८८ जना सेवाग्रहीहरूले नि:शुल्क जेकजाँच गरेकाे ४ नम्बर वडा सदस्य जनरल श्रेष्ठले जानकारी दिनुभयाे । शिविरमा नाक, कान र घाँटीका विशेषज्ञ ईन्क्लाव ढुङ्गाना, स्त्री राेग विशेषज्ञ प्रशान्तराज शर्मा, बालराेग विशेषज्ञ विनाेमराज शर्मा र फेमली फिजिसियन अमर यासिरसहितका स्वास्थ्यकर्मीले विरामी चेकजाँच गरि औषधी प्रदान गरिएकाे थियाे ।
वडा सदस्य तथा कार्यक्रम संयाेजक जनरल श्रेष्ठकाे अध्यक्षतामा भएकाे कार्यक्रममा वडा सदस्य गीता त्रिपाठी, नेपाल रेडक्रम साेसाईटी, मकवानपुर शाखाका उपमन्त्री, वडा सचिव टिका कंडेल, टाेल विकास संस्था वडा समन्वय समितिका अध्यक्ष राजेन्द्र बस्ताकाेटी, काेषाध्यक्ष सुन्दर न्याैपाने, माेहन बज्राचार्य सहरी स्वास्थ्य केन्द्र, हेटाैँडा ४ का प्रमुख निर्मला ब्लाेन, हेटाैँडा क्याम्पस स्ववियु सभापती अभि मैनाली, नेपाल रेडक्रस साेसाईटी, ४ वडाका सभापती किसन घिसिङ्गलगायतकाे उपस्थिति रहेकाे थियाे । कार्यक्रममा ४ नम्बर निवासी शान्ति ढुङ्गानाद्वारा लिखित नारी सन्देश नामक पुस्तक कार्यक्रमका प्रमुख अतिथि नवीन सिग्देलसहितका अतिथिहरूले विमाेचन गर्नु भएकाे थियाे ।