मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा आज देखि प्रदेश स्तरिय युवा नमुना संसद अभ्यास कार्यक्रम सुरु भएको छ । बागमती प्रदेश युवा परिषद्को योजनामा प्रदेशभरीका युवाहरुको सहभागितामा कार्यक्रम गर्न लागिएको हो ।
प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईको अध्यक्षता एवम् बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मुक्तानको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रमको उद्घाटन गर्नुहुँदै प्रमुख अतिथि मुक्तानले युवाहरुलाई संसदीय अभ्यास सिकाउने उदेस्यले कार्यक्रम गर्न लागिएको बताउनुभयो । उहाँले संसदका विषयमा युवाहरुमा जानकारी अभिबृद्धि हुनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा आज पहिलो दिन प्रदेशका बिभीन्न जिल्लाबाट आएका युवाहरुलाई नमुना संसदको अवधारणा र अभ्यास गराउनुका साथै युवा जिवन मार्गदर्शन गरिएको प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले बताउनुभयो । यसैगरी आजै प्रदेश तहमा युवाहरुका सवालहरु, माग, आवस्यक्ता र प्राथमिकताहरुका बारेमा समेत जानकारी गराइएको उहाँले बताउनुभयो ।
नमुना संसदमा युवाहरुलाई लोकतन्त्र र लोकतान्त्रिक संस्कृति, बिधेयक निर्माण प्रक्रिया र प्रदेशका संसदीय समितिहरु, व्यावस्थापिका, न्यायपालिका, कार्यपालिका बिचको सम्वन्ध, संसदीय प्रक्रियामा प्रमुख भूमिका खेल्ने पदाधिकारीहरुको चयन लगायतका बिषयमा प्रशिक्षण गराइने उहाँले बताउनुभयो । नमुना संसदमा संसदीय अभ्यासका सबै कुराहरु सिकाएर कार्यक्रमको अन्तिम दिन अभ्यास समेत गराईने उहाँले जानकारी दिनुभयो । उद्घाटन् कार्यक्रममा बागमती प्रदेशसभा सदस्यहरु रत्न प्रसाद ढकाल, प्रेम बहादुर पुलामी, राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, प्रदेश युवा परिषद्का सदस्य सब्बारानी महर्जन लगायतकाको आतिथ्यता रहेको थियो ।