सरकारले श्रम रोजगार, तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि ८ अर्ब ८ करोड रुपैयाँ बजेट विनयोजन गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले स्वदेशमा रोजगारी सिर्जना सरकारको उच्च प्राथमिकतामा परेको बताउनुभयो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि चालु आवमा ९ अर्ब १३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।