प्रतिनिधि सभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षण पेस हुँदै छ । उक्त बैठक दिउँसो एक बजे बस्न लागेको हो । बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षण पेस गर्न लागेका हुन् ।