प्रतिकारात्मक तस्विर

हेटौंडा। मकवानपुरमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–६ नयाँबस्तीमा गौरबाट काठमाण्डौ तर्फ जादै गरेको ना ५ख १७४० नम्बरको यात्रुबाहक बसले ठक्कर दिदा एक जना पैदलयात्रीको मृत्यु भएको छ ।
आज बिहान महिलालाई ठक्कर दिदा मृत्यु भएको हो । यात्रुबाहक बसले ठक्कर दिँदा मनहरी ७ सुनाचुरीकी ७१ वर्षीया मनमाया थिङको मृत्यु भएको प्रहरीले जनाएको छ । महिलाको हेटौंडा अस्पतालका डाक्टरहरुले मृत घोषणा गरेका थिए । बस र चालक भने प्रहरीको नियन्त्रणमा रहेको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।