मधेस प्रदेश सरकारमा सत्ता गठबन्धनका दुई दलका तीनजना मन्त्रीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्नु भएका छ । मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले नेपाली कांग्रेसका तर्फबाट सरकारमा सामेल हुनु भएका पार्टीका संसदीय दलका नेता कृष्णप्रसाद यादव र वीरेन्द्र प्रसाद सिंह तथा एकीकृत समाजवादीका गोविन्द बहादुर न्यौपानेलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको छ ।
नवनियुक्त नेपाली काँग्रेसका मन्त्री यादवलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र सिंहले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसै गरि एकीकृत समाजवादीका तर्फबाट सरकारमा सामेल हुनु भएका पार्टीका संसदीय दलका नेता न्यौपानेले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारी दिइएको छ ।
मधेश प्रदेश सरकारमा जनमत पार्टीका तर्फबाट सरकारमा सामेल रहनु भएका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बसन्त कुसवाहालाई विना विभागीय मन्त्रालयको जिम्मेवारी दिइएको छ । शपथग्रहण कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव, मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल, उपसभामुख वविता राउत ईसर सहितको सहभागी रहनु भएको थियो । यसै बीच आज विस्तार भएको मधेश सरकार गठन प्रति नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी र जनमत पार्टीले असन्तुष्टि प्रकट गरेको छ ।