प्रतिनिधि सभामा चार दिनसम्म बजेट पूर्वको छलफल (प्रि-बजेट छलफल) हुने भएको छ । आइतबार सिंहदरवारमा बसेको प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
नेपाली काँग्रेसकी सांसद ईश्वरी देवी न्यौपानेका अनुसार आइतबार अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०–०८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । अर्थमन्त्रीले प्रस्तुत गर्ने प्रस्तावमाथि सोमबार र मङ्गलवार पाँच-पाँच घण्टा र बुधबार दुई घण्टा सांसदहरुले आफ्नो राय राख्नेछन् । बुधबार नै अर्थमन्त्रीले जवाफ दिनेछन् । त्यसपछि प्रतिनिधिसभामा प्रि-बजेट छलफल सकिनेछ ।