संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रिय सभा)को बैठकमा सांसदहरुको डिजिटल उपस्थिति (ईहाजिरी)को सुरुवात गर्ने तयारी भएको छ । सांसदहरुको उपस्थितिलाई वेबसाइटमार्फत सार्वजनिक गर्ने तयारी पनि संसद सचिवालयको छ ।
यो दुवै तयारीलाई थप तीव्रता दिन संसद सचिवालयलाई सभामुख देवराज घिमिरेको निर्देशन छ । आइतबार सिंहदरवारमा प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख घिमिरेले भनेका छन्, ‘संसद सचिवालयलाई ईहाजिरीको तयारी गर्न, राष्ट्रिय सभाको अनुभवबारे अध्ययन गर्न निर्देश गर्दछु।’