राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त मन्त्री सुरेन्द्रराज आचार्यले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक कार्यक्रमका बीच नवनियुक्त मन्त्री आचार्यले नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।
साथै राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा मन्त्री नियुक्ति गरी कार्यभारसमेत तोक्नु भएको छ । मन्त्री आचार्यलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी समेत तोक्नु भएको छ । त्यस्तै मन्त्री महिन्द्र राय यादवलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिनुभएको छ ।